मौसम :

आज हिमपात तथा वर्षा हुने

लोकखबर
१४ माघ २०७६, मंगलवार ०७:०८

मकवानपुर । आज (मंगलबार) नेपालका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार (हिजो) भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीका कारण अबको केही दिन मौसम बदली हुने सम्भावना रहेको हो ।
मौसमको प्रभाव दिन अर्थात् आज (मंगलबार) देखि पर्सि (बिहीबार)सम्म पश्चिमदेखि पूर्वसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो पश्चिमी भेगका केही स्थान, मध्य र पूर्वी क्षेत्रका १र२ ठाउँमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान, पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार राति पनि पश्चिमी भूभागका केही स्थान र मध्य तथ पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान र पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना समेत रहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*