यस्तो छ सहिद स्मारकमा राष्ट्रपति भण्डारीको आजको सेड्युल

लोकखबर
१४ माघ २०७६, मंगलवार ०७:५२

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज (मंगलबार) हेटौंडाको सहिद स्मारकमा आउँदैछिन् ।
सहिद स्मारकको रजत जयन्तीका असरमा स्मारकमा निर्मित प्रजातान्त्रिक पार्क उद्घाटन लगायतका कार्यमा राष्ट्रपति सरिक हुनेछिन् ।
यही माघ १० गतेबाट १६ गतेसम्मलाई बागमती प्रदेशको राजधानी हेटौंडामा मनाइरहेको सहिद सप्ताह अन्तर्गत कार्यक्रममा राष्ट्रपति सरिक हुने भएकी हुन् ।
राष्ट्रपति स्मारकमा १२ बजे आइपुगीसक्ने कार्यक्रम तय भएको स्मारक विकास समितिको प्रचार कमिटिका प्रमुख नवीन सिग्देलले जानकारी दिए ।
दिउशो २ बजेसम्म स्मारकमा रहेर राष्ट्रपति भण्डारीले प्रजातान्त्रिक पार्क उद्घाटनका साथै स्मारकको रजत वर्षका अवसरमा निर्मित रजत जयन्ती स्तम्भ अनावरण, मदन भण्डारीको शालिक तथा सहिद स्तम्भमा माल्र्यापण, सहिद स्मारिक दर्पण लोकार्पण लगायतका कार्यमा भण्डारी सरिक हुनेछिन् ।
राष्ट्रपति भण्डारी हेटौंडा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, जनपद प्रहरी र शसस्त्र प्रहरीले हेटौंडासहित आसपासमा सुरक्षामा विशेष निगरानी बढाएका छन् । राष्ट्रपतिको कार्यक्रम रहेको स्थल सहिद स्मारकमा सेनाको विशेष टोलीले सुरक्षा दिइरहेको छ भने बाहिरी घेरामा जनपद र शसस्त्र प्रहरी परिचालन गरिएको जनाइएको छ ।
कुकुरसहितको टोलीले स्मारक र आसपासका क्षेत्रमा सुरक्षा दिइरहेका छन् । सुरक्षा व्यवस्थालाई ध्यान दिदै हेटौंडाका विभिन्न चोक चोकमा सुरक्षा जाँच भइरहेको छ । हेलिकोप्टरमा आउँने राष्ट्रपति बाग्मती प्रदेश प्रहरी कार्यालय थानाभ¥यामा अवतरण भएर कार्यक्रम स्थल स्मारक पुग्ने सोमबार(हिजो) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*