गायिका आस्था राउत आज रिहा हुनसक्ने

लोकखबर
१४ माघ २०७६, मंगलवार ०९:१४

काठमाडौं । प्रहरीमाथि अभद्र व्यवहारको अभियोग लागेर हाल थुनामा रहेकी गायिका आस्था राउत आज (मंगलबार) धरौटीमा रिहा हुने सम्भावना छ।

प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित मंगलबार गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

अभियोगमाथि छानबिन गरी मंगलबार नै थुनछेक बहस हुने र गायिका राउतलाई धरौटीमा छोड्ने तयारी रहेको जनाइएको छ । सामान्यतया अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले धरौटी माग्ने गर्छ ।

काठमाडौँ प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीले सोमबार नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई पठाइको भए पनि केही प्राविधिक प्रकृया पूरा गर्नुपर्ने भन्दै फर्काई दिएको बताए।

थुनामा रहेकी गायिका राउत सोमबार बेलुका बिरामी परेपछि हाल त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा छिन् ।

ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएकी थिइन् ।

विमानस्थलका प्रहरीले आफूलाई दुव्र्यवहार गरेको भन्दै दुई हप्ताअघि गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो। लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरिएको भनिएको अवस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो।

राउतले ड्युटीमा खटिएका प्रहरीले आफूविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छन्। यता प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको दाबी गरेको छ।
देशसंचार डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*