गाँजा बोकेको गाडी नियन्त्रणमा लिन गोली प्रहार, ३२ किलो गाँजा सहित तीन जना भारतीय नागरिक पक्राउ

एसपी भन्छन्, ‘गाँजा लगाउँनु भनेको हामीलाई पक्राउ गर्न निम्ता हो’
लोकखबर
१५ माघ २०७६, बुधबार ११:३२

मकवानपुर । मकवानपुरको हेटौंडामा गाँजा तस्करी हुँदै गरेको अवस्थामा गाडीमा गोली हानी गाँजा नियन्त्रणमा लिइएको छ । मकवानपुर प्रहरीले गाडीमा गाँजा तस्करी भइरहेको सूचना प्राप्त गरेपछि हेटौंडा ११, थानाभर्‍याङबाट ३२ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

आज (बुधबार) हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, थानाभर्‍याङमा विहान साँढे १२ बजेतिर भारतीय नम्बर प्लेटको बीआर ०६ जे ४४५८ नम्बरको कार चेकजाँच गर्न थाल्दा नरोकी भैरवडाँडातर्फ भागेपछि प्रहरीले सो कारको टायरमा गोली हानी नियन्त्रणमा लिएको हो ।
गाँजा सहित पक्राउ पर्नेमा कार चालक भारत मुजफ्फरपुरका ३५ वर्षिय संजित पासवान, कारमा सवार भारत मुजफ्फरपुरका ३५ वर्षिय अजैमल हवारी र भारत मुजफ्फरपुरकै ४५ वर्षिय जाहेरा खातुन रहेका छन् ।

गाँजा बोकर आएको गाडीलाई हेटौंडा १९ को इलाका प्रहरी कार्यालय नेवारपानी र लेवट प्रहरीले नियन्त्रणमा लिन खोज्दा भागेपछि नसकेपछि वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थानाभ¥याङमा नियन्त्रणमा लिन खोज्दा पनि उनीहरु भागेका थिए । प्रहरीलाई देखेपछि उनीहरु भागेका थिए ।

घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिदैं गाडीमा भएकी महिला बिरामी रहेको नाटक गरी गाँजा तस्करी गर्न खोजेको बताएको छ ।

पक्राउ परेकाहरुसंग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मकवानपुरको विभिन्न विकट क्षेत्रमा गाँजा लगाउनु पक्रनका लागि प्रहरीलाई निम्ता दिनु हो भन्दै प्रहरी प्रमुख सुशीलसिंह राठौरले गाँजा नियन्त्रण अभियानमा आफूहरु लागिपरेको बताए ।
यसैबिच, गाडीमा गोली प्रहार गरी गाँजा सहित तस्कर पक्राउ गरेर आउँदै गरेको वडा प्रहरी कार्यालय हेटौंडाको भ्यानलाई काकडभिट्टाबाट धनगढीतर्फजाँदै गरेको ना। ५ ख ५५८२ नम्बरको बसले ठक्कर दिँदा प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारी सहित पाँच जना घाइते भएका छन् ।
यस्तै, प्रहरी हवल्दार नरबहादुर राई, प्रहरी गाडी चालक प्रहरी हवल्दार शुक्रराज खत्री, प्रहरी जवान समुन्द्र श्रेष्ठ, सुरेश कुमाल घाइते भएका छन् । यस्तै, गाँजा तस्करीमा संलग्न भएको गाडीमा सवार जाहेरा खातुन पनि घाइते भएकी हुन् । घाइतेहरुको अहिले चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी भ्यानलाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*