माघ २९ गते मनाइने बागमती प्रदेशको दोस्रो स्थापना दिवसको तयारी
मकवानपुर । बागमती प्रदेशको यही माघ २९ गते मनाउँन थालिएको दोस्रो स्थापना दिवसका लागि तयारी गरिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलको संयोजकत्वमा स्थापना दिवस मनाउँन समिति गठन गर्ने प्रदेश सरकारले निणर्य गरेको छ ।
समितिका सदस्यमा प्रदेशका मन्त्री, प्रदेश नीति तथा योजना आयोगका सदस्यहरु, प्रदेशका मुख्यन्यायधिवक्ता लगायत छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको प्रदेश मन्पिरिषद वैठकले अन्य विभिन्न निर्णयहरु पनि गरेको छ ।
अन्तरप्रदेशका बासिन्दाको सुरक्षा समान व्यवहार सम्बन्धमा समान व्यवहार व्यस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
यस्तै, प्रदेश युवा परिषद गठनका सम्बन्धमा प्रदेशसभामा पेश गर्ने, ग्रामीण सडक पूर्वाधार सम्बन्धि विधेयक प्रदेशसभामा पेश गर्ने लगायतका निर्णय भएको जनाइएको छ ।