अमेरिकी डलरको भाउ घट्यो
मकवानपुर । आज (बिहीबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३१ पैसा तोकेको छ ।
त्यस्तै,आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ १० पैसा छ भने बिक्रीदर मूल्य १२५ रुपैयाँ ७६ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ७४ पैसा छ।