सरिता दहाललाई सोलिड्यारिटी शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिने

मकवानपुर । मकवानपुरका पत्रकार सरिता दहाललाई सोलिड्यारिटी शैक्षिक पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीको भोलि माघ १७ गते हुने अभिभावक भेलामा पत्रकार दहाललाई पुरस्कार प्रदान गर्ने तयारी भएको हो । पुरस्कारको राशी नगद दश हजार रुपैंया रहेको विद्यालयले जनाएको छ ।
सहीखबर साप्ताहिककी प्रकाशक तथा सम्पादक दहाल नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष हुन् । संचारिक समूहको बागमती प्रदेश संयोजक रहेकी दहाल नेपालन्यूज डटकम, राजधानी दैनिक,थाहासन्देश दैनिक लगायत संचारमाध्यममा आबद्द छिन् ।
शिक्षा क्षेत्रको विकासका लागि पत्रकारितामार्फत पुर्याएको योगदानको सम्मानका लागि यो वर्ष दहाललाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ ।