एकैथलोमा सात श्रष्टा सम्मानित
मकवानपुर । मकवानपुरस्थित भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले आफ्नो १२ औं वार्षिक साधारणसभामा सात जना स्रष्टालाई विभिन्न पुरस्कार प्रदान गरेको छ ।
बागमती प्रदेशस्तरीय ५० हजार १ रुपैंया ाशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट बरिष्ठ संगीतकार शुभबहादुर सुनाम सम्मानित भएका छन्।
यस्तै, दश हजार एक रुपैंयाको तुलसीमाया शिवकुमारी स्मृति नारी सृजनशील पुरस्कार २०७५ बाट शान्ति प्रियवन्दना, नगद १५ हजार राशीको शिला नारी प्रतिभा पुरस्कारबाट छमछमी सिजन २ की विजेता सन्धा आचार्य, ११ हजार १ सय ११ रुपैंया राशीको चनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट कवि छवि अनित्य, नगद १० हजार राशीको मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट स्वास्थ्यकर्मी सत्यदेवी जर्गा, १० हजार १ रुपैंया राशीको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कारबाट शिक्षण पेशामा आबद्द प्रवीण ग्वाच्छ र ७ हजार ५ सय नगद राशीको भीम मथुरा बाल प्रतिभा पुरस्कार बाल कलाकार आगमन कोईराला सम्मानित भए ।
प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीको अध्यक्षता एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटको प्रमुख अतिथ्यमा समारोह भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, सर्जक समाजका अध्यक्ष निमेष निखील, प्रतिष्ठानका संस्थापक अध्यक्ष तुल्सी थापा, शुशीला पाण्डे मानन्धर, शिक्षाविद् पुरनबहादुर जोशी, व्यवसायी ज्योतीरत्न बज्रचार्य, प्रतिष्ठानमा उपाध्यक्ष कृष्ण गोपाल सिहं, महासचिव जनक लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिष्ठानको वार्षिक साधारणबाट ह्यग्रीव आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । कार्य समितिको उपाध्यक्षमा विष्णुगोपाल महर्जन, महासचिवमा केशवलाल श्रेष्ठ, सचिवमा निर्मला भ्लोन चयन भएका छन् । सदस्यहरुमा रेणु ज्ञवाली, कपिला जोशी, सुनिता बिर्लाकोटी, मणिराज गौतम, रमेशराज गहतराज र प्रलय चौलागाई चयन भएका छन् ।