मकवानपुर प्रहरीले नियन्त्रणमा लियो ६३ किलो गाँजा र ३ सय ग्राम अफिम

लोकखबर
१६ माघ २०७६, बिहीबार १४:५०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९, नेवारपानी स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डबाट प्रहरीले ६३ किलो लागुऔषध गाँजा र ३ सय ग्राम अफिम नियन्त्रणमा लिएको छ ।

प्रहरीले बुधबार साँढे ९ बजे मनहरी तर्फबाट हेटौडा आउँदै गरेको बा ३ च ५९९७ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाएर ल्याइएको २१ वटा प्लास्टिकले बेरेको पोकामा अवैध लागुऔषध फेला परेको हो ।
गाडीमा अवैध लागूऔषध ल्याइएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक राजेशकुमार यादवको नेतृत्वको टोलीले अवैध लागुऔषधसहित दुई जनालाई नियन्त्रण लिइएको हो ।

पक्राउ पर्नेमा बाराको पर्सौनी गाउँपालिका वडा नम्बर ६ का २८ वर्षिय रामजी साह तेली र गाडीमा सवार बारा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर. २ का ३० वर्षिय प्रेम पटेल रहेका छन् ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्षदेखि १० वर्ष सम्म कैद र पन्ध्रहजार रुपैंयादेखि एकलाख रुपैंयासम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने कानूनी प्रावधान रहेको छ ।

यस्तै, लागुऔषध अफिम कारोबारमा संलग्नलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय १५ वर्षदेखि जन्म कैद र ५ लाख देखि २५ लाख रुपैयासम्म जरिवाना तथा सवारी साधन समेत जफत हुने कानूनी व्यवस्था छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*