भीमफेदीमा ल्यासेज मेकअप स्टुडियो ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर संचालनमा

लोकखबर
१६ माघ २०७६, बिहीबार १५:१४

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६, भीमफेदी बजारमा ब्युटिसियन सम्बन्धि सेवा प्रदान गर्न ‘ल्यासेज मेकज स्टुडियो ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर आज (विहीबार) बाट संचालनमा आएको छ ।

सहिद दिवसको अवसर पारी संचालनमा ल्याइएको ट्रेनिङ सेन्टर भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले केक काटेर उद्घाटन गरेकी हुन् ।

भीमफेदीमै पहिलो पटक संचालनमा ल्याइएको टे«निङ् सेन्टरबाट लेडिजसम्बन्धि सम्पूर्ण सिंगारका सामग्री, विवाहमा बेहुली सिंगार्न तथा ब्यटिसियनसम्बन्धि तालिम संचालन लगायत सेवा प्रदान गरिने संचालिका अन्जली रुसाल मगरले जानकारी दिइन् ।

उद्घाटनमा भीमफेदी गाउँ कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, नेकपा भीमफेदी गाउँपालिका अध्यक्ष सानु थापा मगर, भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, ब्युटिसियन प्रशिक्षक अस्मिता श्रेष्ठ, एनआइसी एसिया बैंक भीमफेदी शाखाका प्रमुख प्रकाश थापा, सुनिता तामाङ मानन्धर, लघुवित्त बैंक भीमफेदीका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*