‘लोकखबर डटकम’ दोस्रो वर्षमा

अबको भविष्य अनलाइन पत्रकारिताको : प्रताप विष्ट
लोकखबर
१६ माघ २०७६, बिहीबार १७:३०

मकवानपुर । मध्यस्थता मिडिया प्रा.लि.ले संचालन गरेको लोकखबर डटकम अनलाइन पत्रिका आज (विहीबार) बाट पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको छ ।

अनलाइनको कार्यालय हेटौंडामा दोस्रो वर्ष प्रवेशको अवसरमा केक काटेर खुशी मनाइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले लोकखबरलाई पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेकोमा शुभकाना दिए । पछिल्लो समय विकास भइरहेको अनलाइन पत्रकारितामा लोकखबर पनि थपिएको बताउँदै अध्यक्ष विष्टले विश्वसनीय पत्रकारितामा जोड दिन सुझाव दिए । ‘अहिलेको पत्रकारिता अनलाइन पत्रकारिता हो । तर ब्रेकिङ समाचार दिने नाममा विश्वसनीयता गुम्ने गरी पत्रकारिता गर्नुहुन्न ।’ विष्टले भने,‘लोकखबरले अनलाइन पत्रकारितामा आफ्नै परिचय बनाउँन सफल भएकोमा बधाई दिन चाहान्छु ।’
अनलाइनका संचालक तथा तथा सम्पादक शिव चौलागाईंले हतारमा समाचार दिनुभन्दा तथ्यपूर्ण र विश्वसनीय पत्रकारिता गर्ने कार्यमा आफ्नो टिम लागिपर्ने बताए । ‘अनलाइन पत्रिकाको भीडमा थपिनुभन्दा पनि विश्वसनीय खबर दिन हामी लागिपर्नेछौं ।’ चौलागाईंले भने, हतार हतार खबर दिएर गलत सन्देश नागरिकमा सम्प्रेषण गर्नुभन्दा केही ढिला तर विश्वसनीय खबर दिनु हामीले आफ्नो दायित्व सम्झेका छौं ।’
मध्यस्थता मिडियाले ‘लोकखबर डटकम’अनलाइनका साथै ‘मध्यस्थता’ नामक साप्ताहिक पत्रिका पनि सन्चालन गरिरहेको छ ।

वार्षिकोत्सव कार्यक्रममा अनलाइनका व्यवस्थापक रामकुमार दानी, संवाददाता सन्दिपकुमार सापकोटा, बजार प्रतिनिधी सीता तिमल्सिना, राष्ट्रिय समाचार समितिका मकवानपुर संवाददाता रिपेश दहाल,प्रेस सोसाइटी मकवानपुरका जिल्ला सहसंयोजक जी न्यौपाने लगायतको उपस्थिती थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*