पहिलो पाइला शिशु स्याहार केन्द्र समुद्घाटन

मकवानपुर । मकवानपुरको हेटौंडा ५ मा रहेको पहिलो पाइला शिशुस्याहार केन्द्र श्रीपञ्चमीको अवसर पारेर विहीबार समुद्घाटन तथा अक्षराम्भ गरिएको छ ।
पुष्पलाल पार्क नजिकै रहेको पहिलो पाइलाको बागमति प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै नेता बानियाले पहिलो पाइला अरु मन्टेश्वरीमा भन्दा फरक वातावरण पाएको बताए । आफ्ना बालबच्चालाई पहिलो पाइलामै पढाउनलाई अरुलाई प्रेरित गर्ने समेत उनले आग्रह गरे । केन्द्रमा रहेको स्वीमीङ पुलको पनि उद्घाटन गरिएको छ ।
केन्द्रकी संचालक अंकिता सुमार्गीले पहिलो पाइलाको बारेमा जानकारी गराएकी थिइन् । केन्द्रमा प्ले ग्रुपदेखि, युकेजिसम्म पढाइ हुने बताइन् । हरेक दिन विहान ८ बजेदेखि साँझ ५ बजेसम्म आफ्ना नानीबाबुलाई पहिलो पाइलामा राख्न सकिने उनले जानकारी दिइन् ।
व्यस्त अभिभावकको मागलाई ध्यानमा राख्दै केन्द्रले सोही किसिमको तालिम प्राप्त शिक्षिकाहरुको व्यवस्था गरेको सुमार्गीले बताइन् ।
कार्यक्रममा व्यवसायी तथा हेटौंडा एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी, व्यवसायी अजेयराज सुमार्गी, अस्मिता सुमार्गी, समाजसेवी प्रेमनाथ पराजुली, हेटौँडा एकेडेमीका प्राचार्य श्रीबहादुर कार्की, शिक्षासेवी बद्रीनाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।