सहिद सप्ताह समापन, सहिद स्तम्भमा माल्यार्पण
मकवानपुर । माघ १० गतेबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सहिद दिवसका अवसरमा मनाइएको सहिद सप्ताह विहीबार समापन गरिएको छ ।
हेटौंडा ११, स्थित सहिद स्मारकमा रहेको सहिदस्तम्भमा माल्यार्पण गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएका विभिन्न प्रतियोगिताका विजयीलाई समारोहका बीच पुरस्कार प्रदान गरियो ।
शहिद स्मारक समितिका अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, समितिका उपाध्यक्ष रामेश्वर राना लगायतले शहिदको योगदानबारे चर्चा गरेका थिए ।
समारोहमा राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रदेश प्रमुख सचिव तोयम राय लगायतको आतिथ्यता थियो ।