मौसम अपडेट :

आज पानी पर्नसक्ने, यस्तो छ भोलि र पर्सिको मौसम

लोकखबर
१७ माघ २०७६, शुक्रबार ०८:२२

मकवानपुर । मकवानपुरमा मौसम चिसिएको छ । देशको मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने पश्चिम तराईको केही क्षेत्रमा कुहिरो लागेको छ । आज (शुक्रबार) दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानी पर्ने जनाइएको छ ।
आज (शुत्रबार) राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सफा रहने मौसमविद्को भनाई छ ।
महाशाखाका अनुसार भोलि (शनिबार) दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि (शनिबार) राति उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का हिमपातको सम्भावना रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पर्सि (आइतबार) भने पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागको मौसम सामान्यतया सफा रहने मौसमविद्ले जनाएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*