शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिका कमिटिको सपथग्रहण

लोकखबर
२०७६ माघ १७, शुक्रबार १६:४३

मकवानपुर । शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिका कमिटिले आज (शक्रबार) पूर्णता पाएसंगै आफ्नो पदभार ग्रहण गरेको छ । बंशगोपाल मावि मकवानपुरगढी २ मा एक कार्यक्रमबीच नवगठित कमिटिलाई सपथ ग्रहण गराईएको हो ।

मकवानपुरगढी गाउपालिका शिक्षक महासंघ अध्यक्ष लिलानाथ ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता थियो । देश संघीयतामा गईसकेपछि राज्यको पुनर्संरचना अनुरुप स्थानीय पालिकास्तरको शिक्षकहरुको पेशागत संस्था शिक्षक महासंघ गठन गरिएको सचिव भवनाथ गौतमले जानकारी दिए ।

ढुंगेलको अध्यक्षतामा गठित शिक्षकका सबै पेशागत संस्थाका घटकहरु सम्मिलित १८ सदस्यीय कमिटिलाई प्रमुख अतिथि हुमगाईले टीका लगाएर स्वागत गरे ।

कार्यक्रममा शिक्षकका विभिन्न पेशागत संस्थाका शिक्षक नेताहरुश्रीराम दाहाल, रामकुमार अधिकारी, गोकुल लम्साल, खेमराज लामिछाने,राजु गौतम,पुरुषोत्तम आचार्य,सागर खतिवडा, केदार तिमल्सेना,सुनील गौतम,दीपक अधिकारी,सन्देश तुम्सिङ, बिष्णुप्रसाद न्यौपाने, प्रसाद लामिछाने, मुकुन्द न्यौपाने, रामचन्द्र न्यौपाने,शगोपाल मावि अध्यक्ष रामप्रसाद पुडासैनी, लगायत करिव एक सय शिक्षकको उपस्थिति रहेको सचिव भवनाथ गौतमले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको