रिद्दिसिद्दि कस्मास्युटिकल्सको तीन नयाँ उत्पादन सार्वजनिक

लाइसोल, कुलिन र नो क्लग बजारमा
लोकखबर
१७ माघ २०७६, शुक्रबार १६:५८

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको रिद्दिसिद्दि कस्मास्युटिकल्सको तीन नयाँ उत्पादन आज (शुक्रबार) सार्वजनिक गरिएको छ ।
उद्योगको नयाँ उत्पादन भुइ पुछ्ने (लाइसोल), सिसा पुछ्ने (कुलिन) र नाला सफा गर्ने (नो क्लग) हेटौंडामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
उद्योगका प्रोपाइटर हृदयराज गौतमले उद्योग दोस्रो वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवरसरमा ग्राहकको चाहाना अनुसार तीन वटा नयाँ उत्पादन बजारमा ल्याइएको जानकारी दिए ।

उद्योगले यसअघि ट्वाइलेट क्लिनर र फिनेल उत्पादन गर्दै आइरहेको थियो ।

नेपाली कच्चा पदार्थलाई जोड दिँदै आफूहरुले गुणस्तरिय उत्पादनलाई जोड दिइएको प्रोपाइटर गौतमले पत्रकार सम्मेलनमा बताए । ‘सामान्य घरेलु उद्योगको रुपमा दर्ता भएको ऋद्घिसिद्घि कस्मास्युटिकल्सले पूर्वमा मेची र पश्चिममा महाकालीसम्मका गुणस्तरिय उपभोक्ताको ध्यानाकर्षण गर्न सफल भएको छ । सुरुका दिनमा नेपाली उत्पादन भनी मुख खुम्च्याउँनेहरु हामीप्रति विश्वस्त हुन थाल्नु भएको छ ।’ उनले भने, ‘देशले आयात प्रतिष्थापनको लक्ष्इ लिई रहेको समयमा सरोकारवाला उदासिन देखिएता पनि हामी कम्मर कसेर लागिपरेका छौं ।’
प्रोपाइटर गौतमले आफ्नो उद्योगको गुणस्तरिय उत्पादनकै कारण आइएसओ ९००१ : २०१५, जीएमपी र सीई प्रमाणपत्र प्राप्त गरेकाले व्यवसायिक रुपमा सफल भइरहेको र उपभोक्ताले आफ्नो उद्योगको उत्पादन रुचाई रहेको बताए ।

उद्योगले आगामी दिनमा पनि व्यक्तिगत सरसफाई, दाँत–मुखको हेरचाह एवं स्वास्थ्य सम्बन्धि उत्पादन थप्ने योजना बनाएको छ ।

उद्योग स्थापनादेखि नै पुजी बजार र कच्चा पदार्थको अभाव रहँदै आएपनि करिब एक दर्जन विदेशी उत्पादनलाई विस्थापन गर्ने लक्ष्य सहित अघि बढ्ने आफूहरुको योजनामा सरकारी नीति नियम र पुजीको अभावले समस्या भइरहेको उनले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*