मकवानी एग्रो प्रालिद्वारा संचालित भैसीं फार्मको किसान सहित गाउँपालिकाको अवलोकन

सन्दिपकुमार सापकोटा
१८ माघ २०७६, शनिबार १७:३७

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५, आमभन्ज्याङ, सोलिथुममा रहेको मकवानी एग्रो प्रालिको आज (शनिबार) मकवानपुरगढी गाउँपालिकाको नेतृत्वमा मकवानपुरगढी वडा नम्बर ७ सुकौराका कृषकहरुले अवलोकन गरेका छन् ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईं सहित सुकौरास्थित जनप्रगतिशील दुग्ध उत्पादक कृषक सहकारी संस्थामा आबद्द कृषकले मकवानी एग्रो प्रालिले संचालन गरेको भैंसी फार्म अवलोकन गरेका हुन् ।

गत वर्ष करिब डेढ करोड लगानीमा संचालन आरम्भ गरिएको फार्ममा अहिले ४० वटा भैसीं र ८ वटा गाई रहेका छन् । गाउँकै नमूना फार्मका रुपमा परिचित हुदै गएको फार्म अवलोकनमा गाउँपालिकाका कृषि तथा पशुशाखाका कर्मचारी पनि सहभागी बनेका थिए ।

फार्मका विषयमा फार्मका संचालक भवनाथ दाहालले जानकारी गराउँदै आगामी दिनमा फार्ममा अझै भैसीं थप्ने तथा फार्मलाई विस्तार गरी थप व्यवसायिकता दिइने बताए । कृषि तथा पशुपालन गर्ने उद्देश्यले स्थापित मकवानी एग्रोमार्फत व्यवसायिक रुपमा सुरु गरिएको पशुपालनबाट सफलता प्राप्त भइरहेको संचालक दाहालले अवलोकनकर्तालाई बताए ।

मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा रहेका अन्य विभिन्न कृषि तथा पशुपालन सम्बन्धि उद्यमका बारेमा कृषकलाई अवलोकन गराएको थियो । गाउँपालिका अध्यक्ष हुमागाईका अनुसार गाउँपालिका कृषि तथा पशुपालनमार्फत किसानलाई आत्मनिर्भर बनाउँने अभियानमा छ ।

मकवानी एग्रो प्रालिद्वारा संचालित फार्म अवलोकनका केही तस्बिरहरु :

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*