स्थानीय अखबार

बागमती प्रदेशसभा दुई वर्षमा, सुरुङमार्ग प्रदेशको गेमचेन्जर प्रोजेक्ट

लोकखबर
१९ माघ २०७६, आईतवार ०६:५३

मकवानपुर । आज हेटौंडाबाट प्रकाशित हेटौंडा सन्देश दैनिकमा बागमती प्रदेशसभाको दुई वर्ष पुगेको खबर मुख्य खबरका रुपमा प्रकाशित छ । ‘बागमती प्रदेशसभाको दुई वर्ष, सुरुङमार्ग प्रदेशको गेमचेन्जर प्रोजेक्ट ’ शीर्षकमा समाचार छापिएको हो । समाचारमा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश स्थापना भएसंगै यसको अभ्यास सुरु भएको बताएको उल्लेख छ । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा अनले संविधानमा भएका कानून कार्यान्वयन चरणमा रहेको बताए ।

यस्तै, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाडौं छोटो दूरीको मार्गमा सुरुङमार्ग निर्माण गर्ने काममा लागिएको बताए । मुख्यमन्त्री पौडेलले प्रदेशको ‘गेमचेन्जर प्रोजेक्ट ’ का रुपमा सुरुङमार्ग निर्माणमा लागेको बताउँदै चैतमा सुरुङमार्ग टेन्डरमा जाने बताए ।

हेटौंडा सन्देशमै चीनमा कोरोना भाइरसको महामहारी फैलिएपछि हेटौंडा अस्पतालले उच्च सतर्कता अपनाउने समाचार छ । ‘उच्च सतर्कता अपनाउँदै हेटौंडा अस्पताल ’ शीर्षकमा लेखिएको समाचारमा अस्पतालले शंकास्पद बिरामी आए उपचारका लागि छुट्टै कक्ष खडा खडा गरी उपचार गर्ने भएको उल्लेख छ ।

यस्तै, बागमती प्रदेशका सांसद जुनेली श्रेष्ठले प्रदेश सरकार व्यवसायमैत्री ऐन निर्माणमा अग्रसर रहेको बताएको विषयको समाचार पनि छ । सरकारले कडा निगरानी गरेपनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मकवानपुरको दुई स्थानमा खुलासभा गरेको, हेटौंडा ८, कमानेमा रहेको महालक्ष्मी विकास बैंकको शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत १० वटा फलामे डस्टबिन तथा ४ वटा सूचनामूलक होर्डिङबोर्ड हस्तान्तरण गरेको, हेटौंडामा विद्यार्थीलाई संस्कार संस्कृतिको विकास गराउँने उद्देश्यले ज्ञान परीक्षा लिइएको, झरना साहित्यिक परिवार मकवानपुरको २४८ औं साहित्य सृङ्खला अन्तर्गत स्थलगत कविता तथा गजल लेखन प्रतियोगिता गरिएको, हेटौंडा स्कुल अफ म्यानेजमेनटले मकवानपुरमा पहिलो पटक फरक शैलीमा विज्ञान प्रदर्शनी गर्ने, मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको आयोजनामा भएको दोस्रो राक्सिराङ गाउँपालिका गोल्डकपको उपाधि साविक विजेता ३ नम्बर वडाले जितेको लगायतका समाचार आज हेटौंडा सन्देशमा छापिएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*