लागुऔषध न्यूनिकरणका लागि जनप्रतिनिधीसंग एसपीको छलफल

मकवानपुर । अवैध लागुऔषध न्यूनिकरणका लागि आज (आइतबार) मकवानपुर प्रहरीले जनप्रतिनिधीसंग छलफल गरेको छ ।
पछिल्लो समय मकवानपुरमा अपराधजन्य घटना बृद्दि भइरहेकाले त्यसलाई न्युनिकरणका लागि प्रहरी र स्थानीय तह बिच समन्वय भई अगाडी बढ्नुपर्नेमा जोड दिइएको छ ।
मकवानपुर अवैध लागुऔषध गाँजा खेतीका लागि चर्चित रहेकाले यस्ता अवैध कार्य रोक्नका लागि प्रहरीलाई सहयोग गर्न जनप्रतिनिधीलाई आग्रह गरिएको छ ।
छलफलमा हेटौडा उपमहानगरपालिका,थाहा नगरपालिका,मकवानपुरगढी गाउँपालिका बागमती गाउँपालिका, बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका लगायतका जनप्रतिनिधी लगायतको उपस्थिती थियो ।
छलफलमा मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिं राठौरले लागुऔषध नियन्त्रणका लागि प्रहरीले चालिरहेको अभियानका विषयमा जानकारी गराएका थिए ।