खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल- डिजेलको के भयो ?

लोकखबर
२१ माघ २०७६, मंगलवार ०६:०७

मकवानपुर । सोमबार राती १२ बजेबाट लागू हुने गरि खाना फकाउने ग्यासको मूल्य बढेको छ । नेपाल आयल निगमले सूचना जारी गर्दै एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएको हो। आयल निगमका अनुसार अर्न्तराष्ट्रिय बजारमा ग्यासको मूल्य बढे अनुसार नेपालमा मूल्य बढेको हो ।
अब प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पर्छ। यस्तै, पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा भने प्रतिलिटर १/१ रुपैयाँको दरले घटेको छ ।
अब प्रतिलिटर पेट्रोल १ सय १० रुपैयाँ, डिजेल र मटि्टतेल९९/९९ रुपैयाँ पर्ने निगमले जनाएको छ। आयल निगमले हवाई इन्धनको मूल्य भने बढाएको छैन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*