पाँचखालमा बाघले दियो यस्तो दु:ख

काभ्रे । तीन दिनको अवधिमा पाँचखालमा चितुवाले ८ जनालाई आक्रमण गरेको छ । ३ जनाको अवस्था गम्भीर छ । प्रतिकारमा स्थानीयले चितुवा मारेका छन् ।
पाँचखाल-६ का वडाध्यक्ष रामशरण दुलालका अनुसार सो वडाका अर्जुन श्रेष्ठ, कृष्णंबहादुर श्रेष्ठ, बैकुण्ठ कायस्थ, लक्ष्मी श्रेष्ठ, भीमकुमारी सत्याल, सरस्वती कायस्थ र कुमार विकलाई चितुवाले आक्रमण गरेको थियो । धुलिखेल-११ का नारायणप्रसाद बडाल पनि चितुवाको आक्रमणमा घाइते भएका छन् । दुलालका अनुसार शनिबार बिहान मुख धुँदै गर्दा चितुवाले कायस्थलाई आक्रमण गरेको थियो ।
आइतबार स्कुल जाने क्रममा कुमार विक चितुवाको निशानमा परेका थिए । सोमबार अरु ६ जनालाई आक्रमण गरेपछि स्थानीयले प्रतिकार गर्दा चितुवा मरेको थियो । मृत चितुवा डिभिजन वन कार्यालय ल्याएको सहायक वन अधिकृत चिरञ्जिवी थापा मगरले जानकारी दिए ।
यो खबर इकान्तिपुरबाट लिइएको हो ।