अजिताको हत्यामा संलग्नलाई पक्राउ गर्न सघाउने त्यो मोबाइल

लोकखबर
२२ माघ २०७६, बुधबार ०७:१५

मकवानपुर । मकवानपुर हेटौंडाकी तेस्रो लिंगी अजिता भुजेललाई माघ ३ गते राती शारिरिक सम्बन्ध राखी पैसामा कुरा नमेलेपछि उनको हत्या भएको खुलासा भएको छ । गत माघ ४ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडामा अजिताको शव फेला परेको थियो । भुजेलको हत्यारामा संलग्नलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

अजिताको हत्यामा संगल्न पक्राउ गर्नका लागि उनको मोबाइल सहयोगी बनेको छ । प्रहरीको अनुसन्धानका क्रममा उनको ओप्पो मोबाइल कसले चलायो भन्दै खोजी गरेको प्रहरीले अन्तत हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । हत्यामा संलग्नलाई विभिन्न कोणबाट खोज्नेकाम प्रहरीले गरेको थियो । प्रहरीको ध्यान उनको हराएको मोवाईल कतिखेर अन हुन्छ भन्नेमा थियो । मोबाईल अन हुनेवित्तिकै प्रहरीले मोबाईल प्रयोगकर्ता हेटौँडा ११ की एलिसा पाख्रीनलाई पक्राउ गर्यो । एलिशा पक्राउ परेपछि उनले आफूले आशिष बलबाट मोबाइल पाएको बताइन् । प्रहरीले आशिष बललाई पनि पक्राउ गर्यो । आशिषलेसो मोबाईल हेटौँडा ४ कर्राका बुद्द लामाले दिएको बताए । प्रहरीले चितवन पुगेर बुद्दलाई पनि पक्राउ गर्यो । बुद्दले पनि उक्त मोवाईल हत्यामा संलग्न ट्रकको सहचालक हापुले दिएको बताएपछि प्रहरी हत्यारासम्म पुग्न सफल बन्यो ।

हत्यामा संलग्न पाँचजनालाई पक्राउ गरेको भएपनि हत्या गर्नेहरु दुईजना मात्र समातिएका छन् । पक्राउ परेका बाँकी तीन जना अजिताको मोबाईल किनबेचमा संलग्न रहेको पाईएको छ ।

हत्यामा संलग्न रहेको हेटौँडा ४ का हापु भन्ने सिमोन परियार र शुसिल थापामगर रहेको मकवानपुरका प्रहरी प्रमुख प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । अजिता हत्यामा संलग्नताको आरोपमा प्रहरीले पक्राउ परेका हेटौंडा ११ बस्ने २० वर्षिया एलिसा पाख्रीन, हेटौंडा ४ का २४ वर्षिय आशिष बल, हेटौंडा १४ का २१ वर्षिय बुद्द लामा, हेटौंडा ९ को १८ वर्षिय सिमोन परियार र हेटौंडा ४ का २५ वर्षिय सुशील थापा मगरलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न सार्वजनिक गर्दै मकवानपुर प्रहरी ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*