हाइवेसंगैको इनारले बालबालिका जोखिममा, गयल भए अभिभावकलाई फोन

मकवानपुर । आज (विहीबार) मकवानपुरको हेटौंडाबाट प्रकाशित हेटौंडा सन्देश दैनिकले हाइवेसंगैको इनारका कारण बालबालिका जोखिममा पर्ने गरेको खबर छापिएको छ । मानवी बानियाले लेखेको खबरमा बकैया १२ मा हाइवेसंगैको इनारबाट पानी बोक्ने बालबालिका दुर्घटनामा पर्नसक्ने जोखिम रहेको उल्लेख छ ।
सन्देशमै मकवानपुरमा अवैध रुपमा संचालन भइरहेका ३२ वटा बालुवा प्लान्ट बन्द भएको, सोलिड्यारिटीमा आर्थिक अनियमितता छानविन गर्न सरोकारवालालाई आग्रह गरिएको, प्रदेश राजधानी हेटौंडामा सवारी चाप बढ्दो रहेको लगायतको खबर छापिएको छ ।
यस्तै, विहीबार (आज) को साझाकुरा दैनिकमा विद्यार्थीहरु विद्यालयमा नै नआउने तथा विद्यालयबाट भाग्ने क्रमलाई रोक्न हेटौंडा १४, मयुरधापमा रहेको जनज्योति माविले अभिभावकलाई फोन गर्ने अभियान सुरु गरेको खबर मुख्य खबरका रुपमा प्रकाशित छ । यसका लागि विद्यालयका सबै कक्षाका विषय शिक्षकलाई विद्यालयले नै रिचार्ड कार्ड उलपब्ध गराउँनेबारे विद्यालय व्यवस्थापन समितिबाटै निर्णय गराउँने योजना रहेको जनाइएको छ । यस्तै, दानाको मूल्य समायोजन नहुँदा आफूहरु मर्कामा परेको कुखुरा व्यवसायीले गुनासो गरेको, हेटौंडा उपमहानगरपालिकाले जरिवना नतिर्ने कम्पनिलाई पुन : ठेक्का दिने तयारी गरेको, पत्नीबाट पीडित पतिको संख्या बढ्दो लगायतको खबर साझाकुरा दैनिकले विहीबार (आज) को अंकमा लेखेको छ ।