सञ्चार रजिष्ट्रारको अन्तरक्रिया

लोकखबर
२५ माघ २०७६, शनिबार ०६:५६

मकवानपुर । बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले प्रदेश राजधानी हेटौंडामा सरोकारवालासंग अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा बागमती प्रदेशका विभिन्न संचारमाध्यममा आबद्द पत्रकारको सहभागिता थियो ।

कार्यक्रममा प्रदेशको सञ्चार क्षेत्रको अवस्था, क्रियाशील पत्रकारहरुको अवस्था, सञ्चार जगतको भूमिकालगायतका विषयमा छलफल भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले पत्रकारलाई इमान्दार भएर काम गर्न आग्रह गरे । पत्रकारिताले देश बदल्नसक्ने भएकाले इमान्दार भएर आफ्नो पेशामा भूमिका निर्वाह गर्न मन्त्री ढुंगेलले आग्रह गरे ।
कार्यक्रममा प्रेस रजिष्ट्रार रेवती सापकोटालगायतले सञ्चार क्षेत्रका लागि आफूहरुले हालसम्म सम्पन्न गरेका, आगामी योजनाबारे पत्रकारलाई जानकारी गराएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*