रामेश्वर फुयाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी, सपथ आज दिउशो
मकवानपुर । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाललाई मंगलबार पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्रीमा नियुक्त भएका मन्त्री फुयालले बुधबार (आज) दिउशो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिनेछन् । फुयाल काठमाडौं जिल्लाको क्षेत्र नम्बर ३ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।
केशव स्थापितलाई बर्खास्त गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री डोरमणि पौडेल आफैंले सम्हाल्दै आएका थिए ।
वि.सं.२०३८ सालमा वैदार पदबाट सरकारी जागिर सुरु गरेका फुयालले खरदार, नायव सुब्बा, शाखा अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । फुयाल २०४९ सालमा कर्मचारी हकहितका पक्षमा आवाज उठाउँदा बर्खास्तमा परेपछि राजनीतिमा लागेका थिए । उनी यसअघि गाउँपालिका अध्यक्ष, सभासद, सांसद भइसकेका छन् ।