सांसद विरोध खतिवडाको पहलमा मकवानपुरमा तीन सडकलाई २३ करोड

लोकखबर
४ फाल्गुन २०७६, आईतवार ०८:४४

मकवानपुर । सांसद विरोध खतिवडाको पहलमा मकवानपुरमा विभिन्न तीन वटा सडकका लागि २० करोड रुपैंया बजेड विनियोजन गरी कार्य अघि बढाइएको छ । मकवानपुर क्षेत्र नम्बर दुईका सांसद खतिवडाको पहलमा सडक निर्माणका लागि संघीय सरकारले २० करोड रुपैयाँ थप बजेट विनीयोजन गरेको हो । अर्थ मन्त्रालयले मकवानपुरको क्षेत्र नम्बर दुईमा तीन वटा सडक निर्माणका लागि यसअघि छुट्याएको रकममा थप २० करोड रुपैयाँ विनीयाजन गरेको हो ।
क्षेत्र नम्बर दुईको तीन वटा सडक मध्ये एउटा सडक निर्माणका लागि आवश्यक टेण्डर प्रकृयामा गइसकेको छ । अरु दुई वटा सडक निर्माणका लागि पनि तत्कालै टेन्डर गरिने सांसद खतिवडाले जानकारी दिए ।
मकवानपुरको थाहा नगरपालिकाको कुन्छालदेखि इनद्रसरोबर गाउँपालिकासम्मको सडक निर्माणका लागि संघीय सरकारले यसअघि एक करोड रुपैयाँ विनियोजन गरिएकोमा १० करोड रुपैयाँ थप गरी ११ करोड रुपैयाँ पुर्‍याइएको हो । यो सडकका लागि सडक डिभिजन कार्यालय हेटौंडाले माघ १५ गते नै टेण्डर गरिसकेको छ ।
यस्तै, मकवानपुरको मनहरी गाउँपालिकाको रजैयाँदेखि लामिटार हुँदै चकरी, मकरी सडकका लागि संघीय सरकारले विनियोजन गरेको एक करोड रुपैयाँको बजेटमा छुट्याएपनि पाँच करोड रुपैयाँ थप गरी ६ करोड पुर्‍याइएको छ ।
यस्तै, मकवानपुरगढीको सहिद बासुदेवमार्ग सडकका लागि सरकारले यसअघि एक करोड रुपैयाँ विनीयोजन गरेकोमा पाँच करोड रुपैयाँ थप गरी अहिले ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो सडक निर्माणका लागि अब तत्कालै टेन्डरमा जाने तयारी भएको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*