थाहा वर्ष सम्मानबाट सम्मानित अजयकुमार बानिया को हुन् ?

शिव चौलागाईं
८ फाल्गुन २०७६, बिहीबार ०७:२७

अजयकुमार बानिया, पिता कैलालदास बानिया र माता चम्पादेवी बानियाको कोखबाट वि.सं. २०१८ साल साउन ४ गते मकवानपुरको हेटौंडा २, शान्तिटोलमा जन्मिए ।

आफ्नो पेशामा निरन्तर लागिपर्ने समाजको एक उदाहरणीय व्यक्तिका रुपमा उनले आफूलाई परिचित गराए । विक्रम सम्बत २०३९ मा ‘नवदुर्गा रेडियो सर्भिसबाट साउन्ड सर्भिस सम्बन्धि पेशामा लागिपर्नुभएको बानियाँलाई धेरैले माइकवालाका रुपमा चिन्ने गरेका छन् । २१ वर्षको उमेरमा सुरु गरेको साउन्ड सर्भिसको पेशालाई अहिले पनि निन्तरता दिइरहँन पाउँदा आफ्नो कार्यप्रति उनलाई गर्व छ । रेडियोमा मान्छेहरु कसरी बोलेका होलान् भन्ने प्रश्न मनमा लिएर आफू पनि आवाज सम्बन्धि पेशा गर्न पाए हुन्थो भन्ने सोचले नै बानियाको अहिलेको परिचय बनेको हो ।

रेडियो मर्मत गर्ने तथा साउन्ड सम्बन्धि सेवा दिने योजना बोकेर आवश्यक सामाग्री खरिद गर्न उनी भारत गए । ६ सय रुपैंयामा एक सेट माइक ल्याए, रेडियो मर्मतका लागि आवश्यक सामग्री जोडे र सुरु गरे, ‘नवदुर्गा रेडियो सर्भिस’ । करिब बीस वर्ष हेटौंडामा उनले एकलौटी व्यवसायिक सफलता प्राप्त गरे । सुरुवाती ६ सय लगानीबाट सुरु गरिएको व्यवसायमा उनले अहिले लगानी ६ लाख पु¥याएका छन् । एक सेट माइकबाट सुरु गरिएको साउन्ड सर्भिसको व्यवसायीक यात्रामा अहिले दश वटा आधुनिक माइक सेट व्यवस्थापन गरिएको छ । रेडियो मर्मत सम्बन्धि कार्यलाई पनि उनले निरन्तरता दिइरहेका छन् ।

राजादेखि विद्रोही पक्षसम्मलाई बानियाले सेवा दिए । मकवानपुर जिल्लाको विभिन्न विकट–विकट क्षेत्रमा पनि आवश्यक माइक सेवा दिन उनी आफैं प्रत्येक्ष रुपमा पुगे । मकवानपुर बाहेक काठमाडौं, चितवन, सर्लाही, नवलपराशी, बारा, रौतहट लगायत जिल्लामा पनि उनी सेवा दिन पुगे । धार्मिक, राजनीतिक, सामाजिक सबै प्रकारका कार्यक्रमलाई उनलाई विश्वासिलो र भरपर्दो सेवा दिने व्यक्तिका रुपमा लिन थालियो । धेरैले अहिले पनि उनलाई ‘माइकवाला’का रुपमा चिन्ने गरेका छन् । देशका चर्चित राजनीतिज्ञ, पण्डितका बृहत कार्यक्रमहरुमा माइक व्यवस्थापन गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको उनी बताउँछन् । मुलुकमा भएका परिवर्तनका लागि सघाउ पु¥याएका महत्वपूर्ण कार्यक्रमहरुमा आफूले व्यवस्थापन गरेको माइकसंगै आफू साक्षी बन्न पाउँनुँ पनि जीवनमा आफूले गरेको कार्यबाट पाएको सन्तुष्टि हो भन्ने उनलाई लागेको छ ।
यही पेशामा लागेर तीन छोरा, ४ छोरी सहित आफ्नो परिवार सुखमय रुपमा चलाउँन सकिएकोमा उनी खुशी छन् । ‘यही पेशाबाट जीवन चलाउँन, छोराछोरीको शिक्षादिक्षा दिलाउँन सकियो, यसैमा सन्तुन्ट छु । ’ उनी भन्छन् । साउन्ड सर्भिस सम्बन्धि पेशा गर्दा जीवनमा स्याबासी तथा गाली थुप्रै पटक पाएको अनुभव उनीसंग छ । जुन पेशाबाट आफ्नो जीवन चल्यो, चल्दैछ, सन्तानको भविष्य कोर्ने अवसर दिलायो, त्यो पेशाप्रति सदैव गौरव गरिरहने उनी बताउँछन् । आफ्नै अनुभव तथा भोगाईले जीवनमा एउटै लक्ष्य लिएर कर्तव्यमा निरन्तर लागिपर्नुपर्छ भन्ने उनलाई लाग्छ । पछिल्लो समय साउन्ड सर्भिस सम्बन्धि प्रतिष्पर्धा बढेकाले विगतमा जस्तो सेवा दिन आफूलाई भ्याइ नभ्याई नभएको उनी बताउँछन् ।

साउँन्ड सम्बन्धि सेवा दिने सफल, इमान्दार व्यक्तिको परिचय बनाउँन सक्रिय बानियालाई रेडियो थाहासंचारको १२ औं वार्षिकोत्सवका अवसरमा थप सफलताको काम गर्दै थाहा वर्ष सम्मान २०७६ बाट सम्मान गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*