नवलपुरमा तारकेश्वर मन्दिर स्थापना

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, नवलपुरमा तारेश्वर मन्दिर स्थापना गरिएको छ । स्थानीयबासीको जनश्रमदानमा करिब ९ लाख लागतमा निर्मित मन्दिरको आज बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाले उद्घाटन गरेका छन् । साँढे १५ धुर जगा क्षेत्रमा स्थापना गरिएको मन्दिर उद्घाटन कार्यक्रममा हेटौंडा उपहामनगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली,नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, स्थानीय उत्सव इटेनी लगायतको उद्घाटनमा आतिथ्यता थियो । कार्यक्रममा सहभागीहरुलाई शुष्मा बडालले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन् ।