नेकपा भीमफेदीको स्थानीय तह दलको नेतामा हिदम लामा

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा स्थानीय तह दलको नेतामा हिदम लामा चयन भएका छन् ।
नेकपा भीमफेदी गाउँ कमिटीका अध्यक्ष सानु थापाको अध्यक्षता तथा नेकपा जिल्ला कमिटि सचिवालय सदस्य एव भीमफेदी गाउँ कमिटि इन्चार्ज बद्रीबहादुर स्याङतानको प्रमुख आतिथ्यमा भएको बैठकले लामालाई दलको नेता चयन गरेको हो । यस्तै, स्थानीय तह दलको उपनेता गाउँपालिका उपाध्यक्ष पार्वती राना चयन भएका छन् । यस्तै, बैठकले स्थानीय तह दलको प्रमुख सचेतकमा भीमफेदी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जहारसिं लामा, सचेकमा वडा नम्बर ३ का अध्यक्ष प्रितिलाल लामा, सचिवमा वडा नम्बर ६ का अध्यक्ष सिताराम थापा चयन भएका छन् । बैठकबाट एघार सदस्यीय स्थानीय तह बोर्ड पनि गठन गरिएको छ ।
बैठकमा जिल्ला समन्वय समिति उप प्रमुख भगवती पुडासैनी, पार्टी मकवानपुर सदस्य अप्सरा लोप्चन, भीमफेदी गाउँपालिकाका सात वडाका निर्वाचित जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बैठकमा स्थानीय तह दलका नेता एवं गाउँपालिका अध्यक्ष हिदम लामाले स्थानीय तह दल गठन भएपछि आफूलाई काम गर्न सहज वातावरण हुने अपेक्षा गरेको बताए । पार्टीको स्थानीय तह दलको गठन गर्ने स्थानीय तहमा भीमफेदी तेस्रो हो ।

स्थानीय तह दलको उपनेता गाउँपालिका उपाध्यक्ष पार्वती राना