पालिकामा अस्पताल बनाउँन जग्गा अभाव
मकवानपुर । संघीय सरकारले सबै पालिकामा कम्तिमा १५ सैय्याको अस्पताल बनाउने योजना अनुसार मकवानपुरका ४ स्थानीय तह पनि चालु आर्थिक वर्षका लागि छनोटमा परेको छ । नेपाल सरकारले ५ वर्ष भित्रमा ६४४ स्थानीय तहमा १५ सय्याको अस्पताल निर्माण गर्ने योजना बनाएको छ । अहिले ११९ स्थानीय तहमा मात्र अस्पताल रहेको छ । चालु आर्थिक वर्षमा २ सय १३ स्थानीय तहमा १५ सय्याको अस्पताल बनाउने योजना रहेतापनि ७० ओटा अस्पतालको मात्रै बजेट निकासा भएको छ । मकवानपुर जिल्लाको पनि थाहा नगरपालिका, मनहरी गाउँपालिका , भिमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा १५ सय्याको अस्पताल बनाउने संघीय सरकारले सुचि तयार पारेको छ । तर, जग्गा अभावका कारण चारै स्थानमा पालिकामा अस्पताल कारण चारै स्थानमा पालिकामा अस्पताल निर्माणको कार्य अगाडि बढ्ने सकेको छैन् ।
गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले प्रत्यक तहकामा १५ सय्याको अस्पताल बनाउने योजना अगाडि सारेको हो । जस्मा केहि स्थानीय तहहरुले १५ सय्याको अस्पताल संचालनमा पनि ल्याईसकेका छन् । मकवानपुरको थाहा नगरपालिकामा अस्पताल बनाउने जग्गा ऐलानी रहेको कारण प्रक्रिया अगाडि मबढेको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जग्गा लालपूर्जा अनिवार्य गरेको कारण काम सुरु नभएको उनले बताए । थाहा नगरमा ३३ रोपनी जग्गा नगरपालिकाले उपलब्द गराउने र अस्पतालको भौतिक पूर्वाधार संघिय मन्त्रीपरिषद्को बैठकले स्वीकृत दिनेबित्तिकै १५ सय्याको अस्पतालको कार्य तिव्र बनाइने उनले बताए ।
त्यस्तै मनहरी गाउँपालिकामा पनि अस्पतालका लागि आवश्यक पर्ने जग्गा नपुगेको कारण अस्पतालको कार्य अगाडी नबढेको गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताए । १५ सय्याको अस्पताल बनाउन ९ रोपनी जग्गा आवश्यक पर्ने तर ११ कठ्ठा मात्रै उपलब्ध भएका कारण अल्झिरहेको अधिकारीले बताए । उनका अनुसार थोरै जग्गा भएपनि मन्त्रीपरिषद्को निर्णयले स्वीकृती दिने निर्णय भएको छ । चालु आर्थिक वर्षमै निर्णय भएर आएमा अस्पतालका कार्य अगाडि बढ्ने स्वास्थ्य संयोजक अधिकारीले जानकारी दिए । बकैया गाउँपालिकामा भने १५ सय्याको अस्पताल बन्ने योजनामा परे पनि भौतिक पूर्वाधार बन्ने बजेट नपरेकोले हालसम्म काम अगाडी नबढेको बकैया स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले बताए । उनका अनुसार बकैया गाउँपालिकामा ११ कठ्ठा लालपुर्जा भएको र अन्य ऐलानी रहेको कारण प्राविधिक त्रुटिका कारण यो वर्ष बजेट नआएको बताए । उनले अस्पताल निर्माणका लागि आधारभूत तयारीका लागि गाउँपालिकाले चालु वर्षमा १० लाख छुटाएको छुटाएको पनि बताए । अर्काे वर्ष भवन बनाउन योजना पार्ने तयारी गाउँपालिकामा रहेको स्वास्थ्य संयोजक प्याकुरेलले बताए ।
यता भीमफदी गाउँपालिकामा पनि १५ सय्याको अस्पताल निर्माण गर्नका लागि समस्या देखिएको छ । भीमफेदीमा पनि आवश्यक जग्गाको अभाव तथा अहिलेको स्वास्थ्य चौकीको भवन वि.सं. १९६४ सालमा बनेको भन्दै परातत्व विभागले भत्काउन नदिएका कारण अगाडी बढ्न सकेको छैन । गत आर्थिक वर्षमै १५ सय्याको अस्पताल बनाउन १ करोड बजेट विनियोजना भएपनि काम हुन नसकेका स्वास्थ्य संयोजक ध्रुव लामिछानेले बताए । उनका अनुसार जग्गा प्राप्तिका लागि काम भैरहेको भन्दै अबको ५ वर्षमा निश्चित रुपमा अस्पताल संचालनमा आउने उनले जानकारी दिए । भीमफदीमा गाउँपालिकाको भवन बनिसकेपछि अस्पताललाई पहिलो प्राथामिकता दिने उनले बताए । हाल भीमफेदी स्वास्थ्य चौकीबाट एक्स रे, पोर्टेबल भिडियो एक्स रे सेवा दिदैँ आएको छ ।
समृद्द समाज दैनिकमा छापिएको समाचार ।