सुन तोलामा तीन सयले घट्यो, चाँदी स्थिर

मकवानपुर ।सोमबार तोलाको ८० हजार ३ सय पुगेर रेकर्ड कायम गरेको सुनको भाउ मंगलबार केही घटेको छ । सुनको तोलामा ३ सयले झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन प्रति १० ग्राम अर्थात तोलाको ८० हजार कायम गरेको छ ।
सोमबार तोलाको ८० हजार ३ सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार एकैदिन तोलामा १ हजार ५ सयले बढेको थियो । आइतबार तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै घटेर ७९ हजार ७ सय तोकिएको महासंघले जनाएको छ । सोमबार तोलाको ८० हजारमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको ९ सय २५ मा स्थिर रहेको हो ।बाह्रखरी डटकमबाट