कोरोना भाइरसका कारण दक्षिण कोरियामा ८ को मृत्यु, ८ सय ९३ संक्रमित

लोकखबर
१३ फाल्गुन २०७६, मंगलवार १२:२६

मकवानपुर ।दक्षिण कोरियामा कोरोनाभाइरस अर्थात् कोभिड–१९ का एकैदिन ६० भन्दा बढी नयाँ संक्रिमत सार्वजनिक भएका छन् । कोरियाको सेन्टर्स फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार दिएको जानकारी अनुसार अहिलेसम्म ८ सय ९३ संक्रमितको पुष्टि भइसकेको छ भने आठ जनाको मृत्यु भएको छ । यो चीन बाहिरको सबैभन्दा धेरै संख्या हो ।

उता जापानको डायमन्ड प्रिन्सेसमा मंगलबार अर्का एक युवकको मृत्यु भएको छ । अहिलेसम्म क्रुजमा सवार तीनजनाको मृत्यु भइसकेको छ । साथै चीनमा एकैदिन ७१ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा धेरै हुबेई प्रान्तमा ६८ जनाको मृत्यु भएको छ ।

चीनको स्वास्थ्य प्राधिकरणले मंगलबार दिएको जानकारी अनुसार चीनमा सोमबार ५ सय ८ नयाँ संक्रमित भेटिएका छन् । यहाँ अहिलेसम्म २ हजार ६ सय ५० भन्दा बढीको मृत्यु भइसकेको छ । यसका साथै ७७ हजार ६ सय ५७ संक्रमितको पुष्टि भइसकेको छ । २७ हजारभन्दा बढीलाई अस्पतालबाट छुट्टी दिइएको पनि जानकारीमा उल्लेख छ ।रातोपाटी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*