अमेरिकी राष्ट्रपति ट्रम्प दिल्ली भ्रमणमा रहेकै बेला प्रदर्शन, एक प्रहरीसहित पाँच जनाको मृत्यु

लोकखबर
१३ फाल्गुन २०७६, मंगलवार १३:५८

मकवानपुर ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दिल्ली भ्रमणको क्रममा नयाँ नागरिकता कानूनको विरुद्धमा भएको प्रदर्शनमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी र चार सर्वसाधारण रहेको जनाइएको छ ।

बीबीसीका अनुसार प्रदर्शनको क्रममा कानूनको पक्ष र विपक्षमा उत्रेका सर्वसाधारणहरुबीच द्विपक्षीय झड्प समेत भएको थियो । सो प्रदर्शनको क्रममा समर्थक र विरोधीले सवारीसाधनमा आगजनी गरेका थिए । मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्रीसहित उच्च स्तरीय वार्ताको तयारी गरिरहँदा दिल्लीको केही भाग तनावग्रस्त बनेको छ ।

मुस्लिम समुदाय बहुसंख्यक रहेको उत्तर–पूर्वी दिल्लीमा आइतबार सुरु भएको प्रदर्शन सोमबार दिनभरि जारी रह्यो । उक्त कानून मुस्लिम विरोधी रहेको भन्दै उत्तर–पूर्वी दिल्लीमा मुस्लिम महिला र पुरुषले प्रदर्शनको अगुवाइ गरेका हुन् ।

प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेपछि भिडलाई नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा चारजनाको मृत्यु भएको छ । झड्पको क्रममा अर्का एकजना प्रहरीको मृत्यु भएको थियो । बीबीसीका अनुसार उक्त झड्पको क्रममा गम्भिर घाइते भएका ३५ जनालाई उपचारको लागि भर्ना गराइएको छ ।

सोमबार भारत भ्रमणको क्रममा अहमदाबाद पुग्नुभएका अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार दिनभरि दिल्लीमा उच्चस्तरीय भेटघाट र वार्तामा बिताउनुहुने जनाइएको छ ।चक्रपथ डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*