भोलि सार्वजनिक बिदा

मकवानपुर । विहीबार (भोलि) ३८ औँ मगर दिवसका अवसरमा पाल्पाको ३ गाउँपालिका तथा र एक नगरपालिकामा सार्बजनिक बिदा दिइएको छ ।
मगरको संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै उनीहरुले मनाउने पर्वका रुपमा जिल्लाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका तथा तिनाउ गाउँपालिकाले सूचना प्रकाशित गरेर बिदा दिएको हो ।
पाल्पा जिल्ला मगर करिब ५२ प्रतिशत मगर जनजातिको बसोवास रहेकोमा उक्त गाँउपालिका र नगरपालिकामा मगर समुदायको बाहुल्यता रहेको जनाइएको छ ।