तपाईसंग हुवावे मोबाइल छ ? तपाईलाई यस्ता समस्या पर्नसक्छ

लोकखबर
१४ फाल्गुन २०७६, बुधबार ०९:२६

मकवानपुर । तपाईंसंग हुवावे मोबाइल छ ? गुगलले चिनियाँ कम्पनी ह्वावेलाई आफ्ना सेवाहरु प्रयोग गर्न रोक लगाएकाले तपाईंलाई समस्या पर्ने देखिएको छ ।
गगुलले शनिबार सूचना जारी गर्दै ह्वावेलाई आफ्ना उत्पादन प्रमाणीत तथा आधिकारिक नभएम्म प्ले स्टोर तथा एप स्टोरमा उसका एप्स तथा सफ्टवेयरको अपडेट प्रयोग गर्न रोक लगाएको छ ।

कम्पनीले अमेरिकी सरकारले अनुमति दिएसँगै ह्वावेका स्मार्टफोनहरुमा अपडेट दिने बताउँदै अहिलेलाई भने उसलाई स्मार्टफोनहरुमा आफ्ना मोबाइल सर्भिस तथा एपहरु इन्स्टल नगर्न सुझाव दिएको छ ।

एन्ड्रोइड हेल्प कम्यूनिटीसँगको कुराकानीमा गुगलका लिगल अफिसर ट्रिस्टान ओस्ट्रोवस्कीले अमेरिकाले ह्वावेलाई अझै पनि अस्थाई लाइसेन्स जारी गरेको बताए । उनले ह्वावेले अहिलेका मोडलहरुमा मात्र सेक्यूरिटी अपडेट गर्न पाउँने बताएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*