मकवानपुरमा दादुरा-रुबेलाको खोप अभियान

लोकखबर
१४ फाल्गुन २०७६, बुधबार ०९:५६

मकवानपुर । मकवानपुरमा आगामी चैत्र महिनामा दादुरा रुवेला खोप अभियानको तयारी गरिएको छ ।

स्वास्थ मन्त्रालयको राष्ट्रिय कार्यक्रम अनुसार नै मकवानपुरमा अगामी चैत १ देखि ३० गतेसम्म अभियान सञ्चालनका लागि मकवानपुरमा तयारी गरिएको हो ।

पहिलो चरणमा प्रदेश नं १, २, ५ मा फागुन महिना भरी अभियान संचालन भईरहेको र दोस्रो चरणमा बागमती प्रदेश, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशमा खोप अभियान सञ्चालनको तयारीका लागि बैठक भएको छ ।

अभियानमा ९ महिना देखि ५ वर्ष मुनीका सम्पुर्ण बालबालिकालाई जिल्ला स्थित स्वास्थ्य संस्थाहरु मार्फत दुई चरणमा खोप अभियान संचालन गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*