हेटौंडा लेडी जेसी आईको आयोजनामा एक दिने तालिम

मकवानपुर । हेटौंडा लेडी जेसी आईको आयोजनामा बुधबार (आज) पार्लामेन्ट्री सम्बन्धि एक दिने तालिम भएको छ ।
लेडी जेसी आईकी दिलमाया घर्तीको संयोजकत्वमा भएको तालिम हेटौंडा लेडी जेसीआई वर्ष २०२० को अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा भएको हो ।
तालिममा हेटौंडा लेडी जेसी आईका निवर्तमान अध्यक्ष सुस्मा लटौला खरेल, पूर्व अध्यक्ष रश्मी बस्नेत, अस्मिता श्रेष्ठ, हेटौंडा जेसीजका लिसन बस्नेत लगायतको आतिथ्यता थियो । हेटौंडा जेसीज र हेटौंडा लेडी जेसी आईका सदस्यहरुको सहभागिता रहेको तालिममा हेटौंडा जेसीजका सिनेटर अरुण दाहाल प्रमुख प्रशिक्षक रहेका थिए ।
तालिममा बैठक संचालनको तरिका, वाककला, नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षण गराइएको हो ।