मौसम अपडेट :
आजदेखि तीन दिनसम्म मौसम सफा रहने
मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तीन दिनसम्मको मौसम सफा रहनेछ । विहीबार(आज) मौसमबारे जानकारी दिँदै महाशाखाले पर्सि शनिबारसम्म मौसम सफा रहने जनाएको हो ।
महाशाखाका अनुसार मुलुकभर उल्लेख्य मौसमी प्रणाली विकास नभएकाले बिहिबार(आज) देखि शनिबार(पर्सि) सम्म सामान्य बदली बाहेक मौसम सफा रहनेछ ।
आउँदो शनिबारसम्म दिउँसो तथा साँझपख पूर्वी, मध्य र पश्चिमी भेगका एकाध ठाउँमा आंशिक बदलीबाहेक मौसममा उल्लेख्य बदलाव नआउने महाशाखाले जनाएको छ ।