दिल्ली हिंसाको चौथो दिन, ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

लोकखबर
१५ फाल्गुन २०७६, बिहीबार ११:५०

मकवानपुर । ढिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसामा बुधबारसम्म २७ जनाको ज्यान गएको छ ।

नागरिकता कानुनविरुद्धको प्रदर्शनले हिंसाको रुप लिँदा अन्य दुई ५० जना घाइते भएका छन् । जीटीबी अस्पतालमा २५ र जेपी अस्पतालमा दुई जनाको ज्यान गएको बताइएको छ ।

उत्तर–पूर्वी दिल्लीको चान्द बाग इलाकामा बुधबार आईबी अधिकारी अंकित शर्माको शव फेला परको प्रहरीले जानकारी दिएको छ ।

हिंसाको तीन दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरुलाई शान्तिपूर्वक रहन र भाइचारालाई नबिर्सन आग्रह गरेका छन् ।

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले हिंसा प्रभावित इलाकामा सेना तैनाथ गरिने बताएका छन् ।

यसैबीच राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) का डीसीपी अजित डोभाल हिंसा भड्किएको इलाकामा पुगेर स्थितिको बारेमा जानकारी लिएका छन् ।

दिल्ली प्रहरीले हिंसामा अहिलेसम्म १८ वटा घटना दर्ता भएको र एक सय ६ जनालाई गिरफ्तार गरिएको जानकारी दिएको छ । यसैबीच प्रहरीले घटनाको बारेमा जानकारी दिन ११२ नम्बरमा सूचना दिन आग्रह गरेको छ ।

हिंसाले उग्र रुप लिएपछि गएको २४ घण्टामा केन्द्रीय गृह मन्त्री अमित शाहले तीन पटक बैठक बोलाइसकेका छन् ।उज्यालो डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*