एनसेलले ल्यायो ‘ह्याप्पीआवर अन रिचार्ज’

लोकखबर
१५ फाल्गुन २०७६, बिहीबार १२:४९

मकवानपुर । एनसेलले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले १०० र यसभन्दा माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गर्नेछन् । यो अफर बुधबारदेखि लागु भएको छ ।

भ्यालेन्टाइन महिनाको अवसरमा सञ्‍चालनमा ल्याइएको यो अफरअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रतिमिनेट ९कर सहित रु १।२६ पैसा० मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुने एनसेलले जनाएको छ । १०० रिचार्ज गर्दा ९९ पैसा प्रतिमिनेट छुटको लाभ ७ दिनका लागि पाइने छ ।

यस्तै २००, ३०० र ५०० रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० सम्म पाउने कम्पनीले जनाएको छ । १,००० रिचार्ज गर्ने ग्राहकले छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् ।

यो अफर ९० दिन सम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*