कसरी फैलियो कोरोना २ महिनामै विश्वभर?

मकवानपुर । कोरोना भाइरस गत डिसेम्बरमा चीनको हुवेइ प्रान्तको वुहान सहरबाट फैलन सुरु भएको थियो। अहिलेसम्म चीनबाहेकका ४० देशमा यसको संक्रमण देखिइसकेको छ। यसको संक्रमण यूरोप र मध्यपूर्वी देशहरूमा पनि फैलिरहेको छ।
यसरी फैलियो कोरोना भाइरस
_डिसेम्बर ८ स् वुहानमा प्रथमपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको पुष्टि।
_डिसेम्बर ३१ स् कोरोना भाइरसबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी।
_जनवरी १ स् चिनियाँ सहरको सामुद्रिक खाना पाइने बजार बन्दको घोषणा‚ जहाँबाट भाइरस फैलिएको हुनसक्ने आशंका गरिएको छ।
_ जनवरी ७ स् चिनियाँ निकायहरूद्वारा उक्त भाइरस नोभल कोरोना भाइरस भएको पुष्टि।
_ जनवरी ९ स् प्रथमपटक कोरोना संक्रमित एक व्यक्तिको मृत्यु‚ यो घटनालाई पछि जनवरी ११ मा मात्र सार्वजनिक गरियो।
_जनवरी १३ स् थाइल्याण्डमा चीनको वुहान सहरबाट आएको एक व्यक्ति कोरोना संक्रमित भएको पुष्टि।
_जनवरी १६ स् जापानमा प्रथम पटक कोरोना संक्रमित व्यक्ति भेटिएको पुष्टि।
_जनवरी २१ स् अमेरिकामा पनि एक व्यक्ति कोरोना संक्रमित भएको पुष्टि।
-जनवरी २३ स् चीनका वुहान र अन्य केही सहरहरू ९जो कोरोनाबाट तुलनात्मक हिसाबमा बढी प्रभावित थिए० बन्दको घोषणा। चिनियाँ नयाँ वर्ष नमनाउन सबै चिनियाँमा आग्रह। विश्व स्वास्थ्य संगठनद्वारा अझैसम्म आपतकालको घोषणा गर्ने अवस्था नआएको जानकारी प्रदान।
_जनवरी २८ स् कोरोना संक्रमितको संख्या १०० बढी। सार्सबाट संक्रमित भएभन्दा ज्यादा संक्रमित भएको पुष्टि।
_ जनवरी ३० स् विश्व स्वास्थ्य संगठनद्वारा विश्व स्वास्थ्य आपतकालको घोषणा।
_ फेब्रुअरी ४ स् जापानको योकोहामा बेमा ‘दी डायमन्ड प्रिन्सेस क्रुजु जहाजलाई नै क्वारेन्टाइनमा राखियो। उक्त जहाजमा ३ हजार ७ सय बढी यात्रुहरू थिए।
_ फेब्रुअरी ६ स् विश्वस्तरमै ५०० भन्दा बढी कोरोना संक्रमितको मृत्यु।
_फेब्रुअरी ७ स् चीनमा सबैभन्दा पहिला कोरोना भाइरसका बारेमा जानकारी दिने डाक्टर लि वेनलियाङको मृत्यु‚ जसलाई सोही विषयमा अफवाह फैलाएर त्रास फैलाएको भनी स्थानीय प्रहरीले कारबाही गरेको थियो।
_ फेब्रुअरी ८ स् चीनस्थित अमेरिकी दूतावासद्वारा कोरोना भाइरसका कारण चीनमा अमेरिकी नागरिकको मृत्यु फ्रेब्रुअरी ६ मा भएको पुष्टि। उनी नै कोरोना भाइरसबाट मृत्यु हुने पहिला चीनबाहिरका नागरिक।
_ फेब्रुअरी ११ स् विश्वस्तरमै १००० भन्दा बढी कोरोना संक्रमितको मृत्यु। विश्व स्वास्थ्य संगठनले कोरोनाको औपचारिक नामाकरण – ‘कोभिड( १९’
_फेब्रुअरी १५ स् यूरोपमा पनि प्रथम कोरोना संक्रमित व्यक्ति भएको पुष्टि।
_फेब्रुअरी १७ स् दी डायमन्ड प्रिन्सेस जहाजबाट अमेरिकाद्वारा आफ्ना नागरिकलाई अमेरिका लगिएको।
_ फेब्रुअरी २० स् विश्वस्तरमै कोरोना भाइरसबाट २ हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि।
_फेब्रुअरी २३ स् दक्षिण कोरियाको एक चर्चबाट कोरोनाको संक्रमण फैलिई कोरियामा पनि कोरोनाले महामारीको रुप लिएको। इटालीको उत्तरी प्रान्तमा पनि एकै हप्तामा १ सय ५२ जनामा संक्रमण देखिएको पुष्टि।
_फेब्रुअरी २५ स् इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९‚ इरानी स्वास्थ्य मन्त्रीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको।
_ फेब्रुअरी २६ स् अस्ट्रिया‚ क्रोएसिया‚ स्विजरल्याण्ड र ग्रिसमा पनि कोरोनाको संक्रमण देखिएको पुष्टि। फ्रान्समा ६० वर्षीय एक कोरोना संक्रमित व्यक्तिको मृत्यु।स्वास्थ्य डटकमबाट