८१ लाखको भैंसी !

लोकखबर
१५ फाल्गुन २०७६, बिहीबार १४:२६

मकवानपुर । ३३.१३ किलोग्राम दुध दिएर विश्व रेकर्ड राखेको भारतको हरियाणाको मुर्राह जातको भैंसी सरस्वती ८१ लाख रुपैयाँमा बिक्री भएको छ। पहिलो यो रेकर्ड ३२.०५ ग्राम दुध दिएर पाकिस्तानको भैंसीको नाममा रहेको थियो।

हिसार जिल्लाको लितानीका किसान सुखबीर सिंह ढांडाले सरस्वतीलाई ४ वर्ष अघि २ लाख रुपैयाँमा किनेका थिए। सरस्वतीलाइ लिएर सुखबीर केही दिन पहिले लुधियानाको जगरांवमा डेरी एण्ड एग्रो एक्सपोमा भाग लिन गएका थिए। त्यहाँ सरस्वतीले ३३.१३ किलो दुध दिएर विश्व रेकर्ड कायम गरेको थियो भने ३ लाख २० हजार रुपैयाँ पुरस्कार पनि जितेको थियो।

भैंसी बेच्नु अघि किसानले एउटा समारोह आयोजना गरेका थिए। उक्त समारोहमा करीब ७ सय किसान उपस्थित भएका थिए।
लुधियानाका पवित्र सिंहले ८१ लाख रुपैयाँमा सरस्वतीलाइ खरिद गरेका हुन्।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*