सीपी मैनाली चढेको कार दुर्घटना, मैनालीसहित तीन जना गम्भीर घाइते

लोकखबर
१५ फाल्गुन २०७६, बिहीबार १४:४३

मकवानपुर । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको कार दुर्घटना भएको छ। दुर्घटनामा परी मैनालीसहित तीन जना गम्भीर घाइतेका भएका छन्।

मैनाली चढेको बा७च २१२० नम्बरको कारलाई विपरित दिशाबाट आएको ना४च७६८० नम्बरको भ्यानले महोत्तरीको कालापानीस्थित रातुपुल नजिकै ठक्कर दिएको थियो। प्रहरीका अनुसार मैनाली परिवारसहित काठमाडौं जाँदै थिए।

दुर्घटनामा परी महासचिव मैनालीको टाउकोमा गम्भीर चोट लागेको छ भने एउटा खुट्टा भाँच्चिएको छ। त्यस्तै उनका बुहारी पूजा ढुंगाना मैनालीको दुबै खुट्टामा फ्याक्चर देखिएको छ। त्यस्तै चालक रामप्रसाद पौडेलको टाउको गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक कैलाश कुमार खत्रीले जानकारी दिए।

उनका अनुसार मैनालीका छोरा सरोज मैनाली र एक नाति सामान्य घाइते भएका छन्। उनीहरुको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको छ। थप उपचारको लागि काठमाडौं रिफर गरिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*