अमेरिकाको विस्कन्सिनमा भएको गोलीबारीमा ५ को मृत्यु

लोकखबर
१५ फाल्गुन २०७६, बिहीबार १५:०२

मकवानपुर । अमेरिकाको विस्कन्सिन प्रांतमा बुधबार भएको गोलीबारीमा ५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार,गोली चलाउने व्यक्तिको पनि आफैंले चलाएको गोली लागि मृत्यु भएको छ । विस्कन्सिनको मिल्वाकी शहरमा उक्त घटना घटेको थियो।

स्थानीय अधिकारीका अनुसार गोली चलाउने व्यक्तिको पहिचान भइसकेको र ५१ वर्षीय उनी मिल्वाकी निवासी रहेको बताइएको छ। गोली चलाउनुको उनको उद्देश्यबारे भने अहिलेसम्म पनि थाहा नभएको बुझिएको छ।

घटना पछि उक्त स्थानको स्कुल तथा कार्यालय बन्द गरिएको छ ।

राष्ट्रपति ट्रम्पले घटनामा मारिने पीडित तथा उनीहरुको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै हत्यारालाई दुष्ट हत्यारा भएको बताएका छन्।नेपालन्युज डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*