फ्रान्स पठाइदिन्छु भन्दै साढे ३८ लाख ठग्ने महिला पक्राउ
मकवानपुर । फ्रान्स पठाइदिन्छु भन्दै तीन जनासँग साढे ३८ लाख रुपैयाँ ठगी गर्ने एक महिलालाई महानगरीय अपराध महाशाखका प्रहरीले पक्राउ गरेको छ।
ठगीको आरोपमा पक्राउ पर्नेमा रुपन्देही दुधराक्ष गाउँपालिका-५ घर भइ हालः तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने पुर्णिमा श्रीष रहेकी छन्।
श्रीषले वैदेशिक रोजगारको सिलसिलामा आकर्षक तलवमा फ्रान्समा रोजगारी लगाइदिने भन्दै तीन जनासँग साढे ३८ लाख रुपैयाँ लिइ सम्पर्कविहीन भएको महाशाखाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले शिर बहादुर थापा समेतको उजुरीमा श्रीषलाई पक्राउ गरेको हो। उनलाई तारकेश्वर–१९ बासुकिनाग मार्ग मनमैजुमा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।नेपालन्युज डटकमबाट