सिरियामा हवाई आक्रमण, २९ टर्कीस सैनिक मारिए

लोकखबर
१६ फाल्गुन २०७६, शुक्रबार १४:०१

मकवानपुर । सिरियाले गरेको हवाई आक्रमणमा कम्तीमा २९ टर्कीस सैनिक मारिएका छन् । टर्कीका अधिकारीहरुका अनुसार यो आक्रमण उत्तर–पश्चिमी सिरियामा भएको हो ।

टर्कीको हातय प्रान्तका गभर्नर रहमी डोगनले हवाई आक्रमणमा सिरियाको शहर इदलिबमा कयौँ व्यक्ति घाइते भएको बताएका छन् । केही रिपोर्टका अनुसार हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या २९ भन्दा बढी छ ।

घटनापछि टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले उच्चस्तरीय सुरक्षा बैठक बोलाएका छन् ।

इदलिब अहिले विद्रोहीहरुको नियन्त्रणमा छ र रुसको समर्थन पाएको सिरियाली सेना इदलिबलाई विद्रोहीहरुको नियन्त्रणबाट छुटाउन चाहन्छ । विद्रोहीहरुले पनि टर्की सेनाको समर्थन प्राप्त गरेको बताइएको छ ।

गएको वर्षको डिसेम्बरदेखि इदलिबमा युद्ध चलिरहेको छ, जसका कारण लाखौँ सङ्ख्यामा मानिसहरु पलायन भइरहेका छन् ।उज्यालो अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*