नेपाली रहेका विभिन्न देशमा कोरोनाको जोखिम

लोकखबर
१८ फाल्गुन २०७६, आईतवार ०८:३९

मकवानपुर । नेपाली रहेका विभिन्न देशमा कोरोनाको जोखिम रहेको पाइएको छ । नेपालीसहित आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दोक्रममा देखिएको हो ।

खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा चार, कतारमा एकजना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छन् । इरानबाट आएका यात्रुबाट कोभिड–१९ संक्रमण भएपछि ती देशले इरानबाट सबै उडान बन्द गरेका छन् ।

स्थानीय सरकारहरुले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत एक नेपालीले बताए । खाडी मुलुकमा कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएपछि त्यहाँस्थित नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

अमेरिकामा पनि भाइरसबाट एक जनाको मृत्यु भएपछि थप तनाव भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*