कति सहनु जंगली हात्तीको सास्ती, फेरि लियो ज्यान !

लोकखबर
१८ फाल्गुन २०७६, आईतवार ०८:५१

मकवानपुर । कोशी टप्पु वन्यजन्तु आरक्षका जंगली हात्तीको सास्तीबाट स्थानीय हैरानी व्यहोर्न बाध्य छन् ।

हात्तीको आक्रमणबाट सप्तरीमा फेरि एक जनाको ज्यान गएको छ । घाँस काट्न आरक्षमा गएकी सप्तरीको कञ्चनरुप नगरपालिका ५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखियाको हात्तीले आक्रमण गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जंगली हात्तीको आक्रमणमा परेकी मुखियाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिए ।

घटनाको जानकारीलगत्तै प्रहरी चौकी धरमपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले कञ्चनपुर क्षेत्रमा दैनिक आतंक मच्चाउने गरेको स्थानीयको दुःखेसो छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*