हेटौंडामा रामचन्द्र पौडेलको गर्जन,‘सरकारले विभिन्न काण्ड मच्यायो ।’

देउवाले चौधौं महाधिवेशन प्रभावित पार्न खोजेको आरोप
लोकखबर
१८ फाल्गुन २०७६, आईतवार १७:२८

मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार विभिन्न काण्ड मच्चाएर भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।
आइतबार (आज) मकवानपुरको हेटौंडामा नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले सरकार नीतिगत र संस्थागत रुपमा भ्रष्टाचामा डुबेको बताए ।

संचारमन्त्रीले सत्तरी करोडको कमिसन बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भइरहँदा प्रधानमन्त्रीले ढाकछोप गर्नु दुःखद भएको पौडेलको भनाई छ । नेता पौडेलले सरकारको भ्रष्टाचार विरुद्द कांग्रेस अब आन्दोलनमा होमिने बताए । ‘सरकारले गरिरहेको भ्रष्टाचार विरुद्द अब कांग्रेसले आफ्नो कर्तव्य, अधिकार र दायित्व निभाउन लागिपर्नेछ ।’ पौडेलले भने । नेता पौडेलले प्रतिपक्षको भूमिका आफूहरुले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको स्वीकार गरे । ‘दुई तिहाई सरकारका खराब काम विरुद्द हामी जसरी प्रस्तुत हुनुपथ्र्यो । त्यसरी हामीले प्रतिपक्षीको भूमिका खेल्न सकिरहेका छैनौं । ’ पौडेलले भने ।

नेता पौडेलले भने, ‘सरकार सर्वसत्तावाद र अधिनायकवादतर्फ गएको बेला पनि हामी प्रमुख प्रतिपक्षी भएर पनि मुकदर्शक भएर बस्नुपरेको छ । ’ उनले भने, ‘हाम्रा बीचमा देखिएका मतभेदका कारणले कम्युनिष्ट पार्टीको सरकार एकलौटी ढंगले अघि बढिरहेको छ । ’ उनले सभापति देउवा पार्टीको चौधौं महाधिवेशन प्रभावित पार्न खोजेको आरोप पनि लगाए ।

पत्रकार भेटघाटमा पार्टीका महामन्त्री डा.शंशाक कोइरालाले नेतृत्वको रवैया ठिक नभएकाले पार्टी अप्ठेरो अववस्थामा पुगेको बताए । उनले पार्टीलाई एकढिक्का र बलियो बनाउँन आफूहरु देश दौडाहमा लागेको उल्लेख गरे ।

पूर्व महामन्त्री तथा वर्तमान केन्द्रिय सदस्य प्रकाशमान सिंह,केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत लगायत नेताको पनि पत्रकार भेटघाटमा सहभागिता थियो । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा पत्रकार भेटघाट भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*