अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु

लोकखबर
२० फाल्गुन २०७६, मंगलवार १०:१३

मकवानपुर अमेरिका–कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ ।

वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टी अस्पतालमा भर्ना भएकामध्ये ६ जनाको मृत्यु भएको हो।

अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ ।

संक्रमण फैलने दर उच्च भएपछि कोरोनाको महामारी रोक्न आवश्यक सबै उपाय अबलम्बन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*